Wednesday, January 15Nepal News Portal
Shadow

सुरज वैद्यको दाना उद्योगले किसानलाई ठग्यो


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यको साझेदारी रहेको चितवनस्थित वेलहोप एग्रिटेक प्रालि नामक दाना उद्योगले ठगी गरेको पाइएको छ। नेपाल गुणस्तर तथा नाप तौल विभागमातहतको नापतौल कार्यालय वीरगन्जका अनुसार यो दाना उद्योगले उत्पादन गरेको कुखुराको दाना बिक्री गर्दा नापतौलमा किसानलाई ठगेको पाएको हो । उद्योगले ५० किलो लेखिएको बोरामा ४६ किलोमात्र दाना किसानलाई बिक्री गरेको पाइएको कार्यालयले जनाएको छ। यो ठगी पुष्टि भएमा कम्पनीका अध्यक्षलाई ३० हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैद हुने कानुनी प्रावधान रहेको छ।

यो उद्योग वैद्य अर्गनाइजेसन एन्ड ट्रेडिङ हाउसअन्तर्गतको उत्पादन मुलुक उद्योग हो। अर्गनाइजेसनअन्तर्गत सञ्चालित अधिकांश उद्योगहरुको अध्यक्ष सुरज वैद्य आफैँ रहेको बुझिएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्