Monday, September 16Nepal News Portal
Shadow

साल्ट ट्रेडिङ्गको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक


काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले चालू आ.व को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने अवधि समेत समाप्त भैसकेको अवस्थामा यस कम्पनीले भने दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

जेठ २२ गते (शनिबार) सार्वजनिक कम्पनीको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ५ दशमलव ४७ प्रतिशत बढेको छ । गत वर्ष यस अवधिसम्म रू. २ करोड ३९ लाख ८६ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष भने रू. २ करोड ५२ लाख ९९ हजार खुद नाफा गरेको हो ।

यस वर्ष कम्पनीको आम्दानी २५ प्रतिशत बढेको छ । गत वर्ष रू. ४ अर्ब ७० करोड आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ५ अर्ब ८९ करोड १४ लाख ६७ हजार आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १९ करोड २० लाख २४ हजार रहेको छ ।

यस वर्ष २५ प्रतिशत बोनस शेयर मार्फत कम्पनीले चुक्तापूँजी बढाएको हो । कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा 0. ५४ प्रतिशत बढेर रू. १ अर्ब ३१ करोड ४७ लाख १९ हजार कायम भएको छ ।

कम्पनीको कुल सम्पत्ति रू. ९ अर्ब ३५ करोड ८९ लाख ५५ हजार रहेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको कुल सम्पत्ति ६.४७ प्रतिशतले बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको कुल सम्पत्ति रू. ८ अर्ब ७८ करोड ९८ लाख ६९ हजार थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्