काठमाडौं । नेपाल हस्तकला महासंघले राष्ट्रिय आविस्कार केन्द्रलाई १ लाख सहयोग गरेको छ । हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघले विगत लामो समयदेखि जनहितकारी कार्यमा संलग्न रहदै आएको राष्ट्रिय आविस्कार केन्द्रबाट कोरोनाबाट संक्रमित बिरामीहरुको निमित्त संचालित विभिन्न कार्यहरुको उच्च सम्मान गर्दै एक लाख आर्थिक सहयोग उपलब्ध गराएको हो ।
महासंघले उक्त रकम केन्द्रको नाममा ग्लोबल आईएमई बैंक, नयाँ बानेश्वर शाखाको खातामा जम्मा गरिदिएको जानकारी दिएको छ ।