Wednesday, January 15Nepal News Portal
Shadow

अब घरमै बसेर एन आई सी एशिया बैंकमा खाता खोल्दा आईफोन–१२ जित्ने मौका


काठमाडौं । एन आई सी एशिया बैंकले अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ । बैंकले कोभिड १९ महामारीका बेला घरमै बसेर अनलाईन खाता खोल्न प्रोत्साहन गर्दै दुई वटा अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको हो ।

२०७८ जेठ २३ देखि आषाढ १९ सम्म सञ्चालन हुने यी दुई प्रतियोगिताहरू मध्ये सबैभन्दा कम समयमा अनलाईन खाता खोल्ने एक जनालाई आईफोन–१२ तथा १० जनालाई स्मार्टवाच र यस बैंकको अनलाईन खाता खोल्ने प्रक्रियाबारे उत्कृष्ट भिडियो बनाई युटुबमा अपलोड गर्ने दुई जनालाई जनही ५० हजार नगद जित्ने मौका रहेको बैंकले जनाएको छ ।

अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्जका लागि सहभागीले जतिसक्दो कम समयमा यस बैंकको वेबसाइटमार्फत सफलतापूर्वक खाता खोल्नुपर्नेछ । यस प्रतियोगितामा सहभागी हुनका लागि निम्नलिखित चरणहरु पार गर्नुपर्ने हुन्छ:

क. यस बैंकको वेबसाइटबाट खाता खोल्ने प्रक्रिया पूरा गर्ने ।
ख. अकाउन्ट प्रोग्रेसनमा गई आफ्नो रिफरेन्स कोड राखेर खाता खोल्ने स्टेप १ देखि सवमिट सम्म देखिने गरी स्क्रीनसट लिने ।

ग. बैंकको आधिकारिक फेसबुक पेजमा रहेको पिनेड पोष्टको कमेन्टमा च्यालेन्ज एसेप्ट लेखि आफ्ना ५ जना साथीहरूलाई ट्याग गरी उक्त स्क्रीनसट पोष्ट गर्ने ।

घ. सहभागीले उक्त पिनेड पोष्टलाई आफ्नो टाइमलाइनमा ३#GharBataiOnlineKhata  तथा #NICASIABANK उल्लेख गरी सार्वजनिक रुपमा शेयर गर्ने ।

ङ. यस बैंकको फेसबुक पेज र उक्त पिनेड पोष्टलाई लाइक गर्ने ।

यस प्रतियोगिता अवधिभर हरेक साता दुई-दुई जना तथा प्रतियोगिता अवधिभर छोटो समयमा खाता खोल्ने १० जनालाई छनौट गरी बैंकले प्रत्येकलाई एक-एक वटा स्मार्टवाच प्रदान गर्नेछ र उत्कृष्ट १० जनामध्ये पनि कम समयमा खाता खोल्ने एकजना भाग्यमानी ग्राहकलाई आइफोन–१२ प्रदान गरिने योजना रहेको बैंकले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्