Thursday, May 23Nepal News Portal
Shadow

ललितपुरमा २५ र २६ गते चिनियाँ खोप लगाइँदै


काठमाडौं । ललितपुर महानगरपालिकाले २५ गते र २६ गते नगरवासीलाई चिनियाँ खोप लगाउने भएको छ । महानगरपालिकाका प्रवक्ता राजु महर्जनका अनुसार ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई दुई दिन खोप लगाउने तयारी गरिएको हो ।

महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाइएको खोप केन्द्रमा नै यस पटक पनि खोप केन्द्र सञ्चालन गर्ने भएको प्रवक्ता महर्जनले जानकारी दिएका हुन् ।
सरकारले यस पटक ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई चिनियाँ खोपको पहिलो डोज लगाउने निर्णय गरेको छ ।

Total Page Visits: 540 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्