काठमाडौं । स्थानीय बजारमा सोमबार (आज) सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९४ हजार एक सयमा कारोबार भएकोमा आज छापावाल सुनको तोलामा तीन सयले घटेर प्रतितोला ९३ हजार ८ सयमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले घटेर तोलामा १३५० कायम भएको महासंघले जनाएको छ ।