Monday, July 22Nepal News Portal
Shadow

स्थानीय तहतर्फको सहायक स्तर पाँचौ तहको नतिजा प्रकाशन


काठमाडौं । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश हेटौंडाले स्थानीय तहतर्फको सहायक स्तर पाँचौ तहको पहिलो चरणको परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको लिखित परीक्षा नतिजा प्रकाशन शाखाले सोमबार (आज) स्थानीय तह अन्तर्गतको सहायक स्तर पाँचौ तहको पहिलो चरणको परीक्षाको नतिजा प्रकाशन गरेको हो ।
उक्त तहको पहिलो चरणको परीक्षामा सहभागी कुल ५ हजार ९ सय १८ जना मध्ये ३ हजार २ सय ४१ जना उत्तिर्ण भएको प्रदेश लोक सेवा आयोग बागमती प्रदेश हेटौंडाले जनाएको छ ।

आयोगले गत २०७७ फागुन ८ गते स्थानीय तहतर्फको विज्ञापन नं. २२८–२३२/०७७–७८ , एकीकृत परीक्षा अन्तर्गत प्रशासन सेवा, सामान्य प्रशासन-लेखा समूह सहायकस्तर पाँचौ तह, सहायक पाँचौ÷लेखापाल÷आ।ले।प।पदको प्रथम चरणको परिक्षा संचालन गरेको थियो ।

उक्त तहको दोस्रो चरणको परिक्षा भने कोरोना संक्रमणको जोखिमका कारण अन्यौल रहेको छ ।
आयोगले यसअघि एक सूचना जारी गर्दै कोरोनाको संक्रमणको दोस्रो लहरको जोखिमका कारण सबै तहको परिक्षा स्थगित गरेको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्