Wednesday, February 12Nepal News Portal
Shadow

असार १ गतेबाट नयाँ शैक्षिक सत्र सञ्चालन हुने


काठमाडौं । सरकारले आगामी असार १ गतेबाट विद्यालयस्तरका कक्षा संचालनमा आउने भएक छन् । आइतबार (हिजो) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि कृष्ण गोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुसँग छलफल गर्दै वैकल्पिक विधि प्रयोग गरेर शैक्षिक सत्र कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

शैक्षिक सत्र संचालन र व्यवस्थापन गर्न स्थानीय तहलाई सम्पूर्ण अधिकार रहेकोले वैकल्पिक सिकाइ कार्यविधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयले बताएको छ ।

यस्तै मन्त्रालयका प्रवक्ता तथा सहसचिव दिपक शर्माले विद्यार्थीको सिकाईलाई रोक्न नहुने भएकोले भौतिक रुपमा पठनपाठन गर्न सम्भव नभए पनि वैकल्पिक माध्यमबाट सिकाईलाई निरन्तरता दिन शैक्षिक सत्र सुरु गर्न लागेको बताएका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्