Thursday, January 23Nepal News Portal
Shadow

वायुसेवा निगमको चार्टर भाडा २०६० डलरसम्मले घट्यो


काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० प्रतिशतसम्म घटाएकोले नेपाल वायुसेवा निगमले पनि चार्टर उडानको हवाई भाडा घटाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानमा हुने चार्टर उडानको भाडा २४ जेठ ( आज) देखि नै लागू हुने गरी घटाएको हो ।

निगमले नियति उडानहरु सुचारु भएछि निगमका अन्य गन्तव्यहरुको भाडामासमेत समायोजन गर्ने भएको छ । निगमका अनुसार वाइडवडीको चार्टर उडान भाडा २०६० र न्यारोबडीको ११३० डलरले घटेको छ ।
यो भाडादर वाइडबडीको १५ हजार ५२० र न्यारोबडकिो ७७१० अमेरिकीडलरबाट क्रमशः र १५ प्रतिशले घटाएको निगमले जानकारी दिएको छ । घटेको चार्टर भाडाको दर अब वाइडबडीको प्रतिघण्टा १३ हजार ४६० र न्यारोबडीको ६ हजार ५८० हुने पनि निगमले जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्