Thursday, May 23Nepal News Portal
Shadow

सोमबार १७ कम्पनीको शेयर मूल्य सर्वाधिक बृद्धि


काठमाडौं । आज १७ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, आइसीएफसी फाइनान्स, कामना सेवा विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुडवील फाइनान्स, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट एण्ट फाइनान्स कम्पनी, गुराँस फाइनान्स र मञ्जुश्री फाइनान्स रहेका छन् ।

त्यसैगरि आज रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, समृद्धी फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, युनिभर्सल पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर र साग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।
आज पोखरा फाइनान्स, सेन्ट्रल फाइनान्स, आइसीएफसी फाइनान्सको १०- १० प्रतिशतले शेयर मूल्य बढेको छ भने अरु १४ ओटाको ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
आज पोखरा फाइनान्सको शेयर मूल्य प्रतिकित्ता ५३९,सेन्ट्रल फाइनान्सको ४०७ र आइसीएफसी फाइनान्सको शेयर मूल्य ५०८ कायम भएको छ ।

Total Page Visits: 499 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्