Saturday, May 18Nepal News Portal
Shadow

पूर्वप्रेमिकाको बिहेमा महिलाको पहिरन लगाएर गएपछि …..


काठमाडौं । आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण यसलाई लिन सकिन्छ । भारतको उत्तर प्रदेशस्थित भदोही गाउँका एक युवक आफ्नी पूर्व प्रेमिकाको विवाह समारोहमा उनकै घरमा महिलाको पहिरनमा लुकेर छिरे । उनी पूर्व प्रेमिकाको घर पुग्दा त्यहाँ विवाहको धुमधाम तयारी भइरहेको थियो ।

तर ती युवक भने नक्कली कपाल जोडेर, महिलाको कपडा लगाएर, फेसमा मेकअप समेत गरेर महिला जस्तै बनेर पूर्व प्रेमिकाको घर पुगेका थिए । रोचक त के भने उनी लेडीज चप्पल लगाएर र लेडीज ब्याग बोकेरै प्रेमिकालाई लुकेर चियाउन त्यहाँ पुगेका थिए ।

जब ती युवकको टाउकोबाट नक्कली कपाल बाहिर झर्न थाल्यो त्यसपछि वरपरका मानिस दंग परेर उनलाई हेर्न थाले । धेरैले ती युवकलाई समातेर उनीबारे सोधपुछ गर्न थाले । युवकले सत्य कुरा सबै बताए । खासमा त्यस दिनकी वेहुली ती युवककी पूर्व प्रेमिका थिइन् ।

उनले आफू कसैलाई थाहा नदिइकन लुकेर प्रेमिकालाई हेर्न आएको कुरा उनले भने र त्यस दिन लुकेर प्रेमिकालाई भेट्न समेत प्रयास गरेका थिए । तर वेहुली घरको माहोल बिग्रिन थालेपछि ती युवक आफ्ना साथीसँग मोटर बाइकमा चढेर भागे ।

तर ती युवकको यस्तो यस्तो हर्कतको भिडियो र फोटो विवाह समारोहमा उपस्थित भएका अधिकांशले खिचि सकेका थिए । भिडियो खिचेनन् मात्रै ती युवकको भिडियो केही बेरमै सामाजिक सञ्जालमा भाइरल भयो । यही जुन महिनाको पहिलो साताको यस्तो घटनाबारे भारत मात्रै नभएर पश्चिमा मिडिया सहित थुप्रै विदेशी मिडियाले यो समाचार तयार गरेका छन् ।

Total Page Visits: 688 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्