काठमाडौं । नेपाल धितोपत्र बोर्डले यस वर्ष उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) लाई प्रदान गर्ने घोषणा गरेको छ ।
धितोपत्र बोर्डको २९ औं वार्षिकोत्सवको अवसरमा मंगलबार बोल्दै बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले उक्त पुरस्कार नाफिजलाई दिने घोषणा गरेका हुन् ।
पूँजीबजारका विषयमा सकारात्मक समाचार सम्प्रेषण गरेकोले नाफिजले ५० हजार रुपैयाँ राशीको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार प्राप्त गरेको हो ।