काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी असार २ गते बस्ने नगरसभामा नगरबासीलाई राहत दिने योजना पेश गर्ने भएको छ ।
काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले महानगरको प्राथमिकता फेरिपनि स्वास्थ्य क्षेत्रको कार्यक्रममा नै रहने बताएका छन् । उनका अनुसार कोभिड – १९ संक्रमणविरुद्ध लड्न रोकथाम र उपचारमा नै कार्यक्रम केन्द्रीत हुनेछ । यसका साथै महानगरको नीति तथा कार्यक्रम बनाउन आयोजना गरिने वडास्तरीय छलफलमा मेयर लगायत सबै सहभागि हुनेछन ।