Saturday, September 7Nepal News Portal
Shadow

नयाँ स्टक एक्सचेन्ज खोल्ने तयारी, अर्थमन्त्रालय सकारात्मक


काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले निजी क्षेत्रको लगानीमा नयाँ स्टक सक्सचेन्ज खोल्ने तयारी थालिएको बताएका छन् । बोर्डको २९ औं वार्षिक उत्सवमा आयोजित वेबिनार कार्यक्रममा बोल्दै अध्यक्ष ढुंगानाले निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज खोल्ने तयारी थालिएको बताएका हुन् । यो कार्यमा अर्थमन्त्रालयसमेत सकारात्मक रहेको उनले जानकारी दिए ।

स्टक एक्सचेन्ज स्थापनाका लागि धितोपत्र बोर्डको सञ्चालक समितिबाट छलफल गरी प्रतिवेदन अध्ययनका लागि अर्थमन्त्रालयलाई पेस गरिएको उनको भनाइ छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्