काठमाडौं । उपप्रधान एवमं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रुपमा लिइएको बताएका छन् । नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री पौडेलले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी पूँजीबजारको विस्तार हुने वातावरण तयार पार्न बोर्डलाई निर्देशन दिए ।
मन्त्री पौडेलले बजेटमा उल्लेख गरिएको वस्तु विनिमय बजार सुरु गरेन तथा कमीकमजोरी हटाइ बोर्डलाई गतिशिल बनाउन पनि निर्देशन दिए ।