Thursday, April 18Nepal News Portal
Shadow

नबिल र एनआईसी एशिया बैंकले पाए ऋणपत्र निष्कासन गर्ने अनुमति


काठमाडौं । नेपाल धितोपत्र बोर्डले नबिल र एनआईसी एशिया बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति प्रदान गरेको छ ।
बोर्डले नबिल बैंकलाई ८ प्रतिशत ब्याजदरको ७ वर्षे अवधिको रू. ३ अर्ब बराबरको ३० लाख कित्ता र एनआईसी एशिया बैंकलाई ८.५ प्रतिशत ब्याजदरको रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो । नबिललाई जेठ ११ गते र एनआईसी एशियालाई जेठ २० गते बोर्डले ऋणपत्र विक्रीको अनुमति दिएको हो ।

एउटै अनुपातमा ऋणपत्र विक्रीको अनुमति पाएका यी दुबै बैंकले कुल कित्तामध्य व्यक्तिगत तवरबाट रू. १ अर्ब ८० करोड बराबरको ऋणपत्र विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछन् भने रू. १ अर्ब २० करोड बरारबको ऋणपत्र सर्वसाधारणमा विक्री गर्नेछ ।

सर्वसाधारणका लागि छुट्याएको मध्यबाट पनि ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी सार्वजनिक निष्कासनमा ल्याउनेछ । नबिलको ऋणपत्र विक्री प्रबन्धकमा हिमालयन क्यापिटल र एनआईसी एशिया बैंकको ऋणपत्र विक्री प्रबन्धकमा सन्राइज क्यापिटल रहेको छ ।

Total Page Visits: 403 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्