काठमाडौं । आज बजार घटेपनि ८ ओटा कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा नेपाल इन्स्योरेन्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनी, रिडी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सिईडिबी हाइड्रोपावर डेपलपमेन्ट कम्पनी, बरुण हाइड्रोपावर, पोखरा फाइनान्स र प्रभु इन्स्योरेन्स कम्पनी रहेका छन् ।
त्यसैगरि कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यसको ८७ करोड ९४ लाख ९० हजारको शेयर खरिद विक्री भएको छ । यसको शेयर मूल्य आज ४७९ कायम भएको थियो ।