Thursday, December 5Nepal News Portal
Shadow

३५ वटा ब्रोकर थप्ने बोर्डको तयारी


काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ३५ वटा ब्रोकरलाई लाइसेन्स दिने तयारी गरिरहेको । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले हरेक प्रदेशमा ५/५ वटा गरी कूल ३५ वटा ब्रोकरलाई लाइसेन्स दिने तयारी साथ बोर्ड अघि बढेको बताएका हुन् ।

बोर्डले नयाँ संस्थागत र प्रदेशगत धितोपत्र दलाल व्यवसायीलाई बजार प्रवेश गराउने उद्देश्य सहित उक्त कार्यलाई अघि बढाएको हो । त्यस्तै, हालको परिवेशमा ब्रोकरलाई लाइसेन्स दिने विषयलाई जोड दिन जरुरी रहेकोले यसलाई बोर्डले प्राथमिकतामा राखेको हो ।

तर, उक्त ब्रोकर लाइसेन्स मर्चेन्टले पाउने हो या बैंकले पाउने हो या छुट्टैले पाउने हो भन्नेमा कुनै निर्णय भई नसकेको बोर्डले जनाएको छ । यीमध्ये जुन मोडालिटीमा जाँदा फाइदा अर्थात् पारदर्शी हुन्छ त्यही अनुसार जाने अध्यक्ष ढुंगानाको भनाई छ ।
बोर्डले ब्रोकर संख्यामा मात्र नभई उनीहरुले दिने सेवा सुविधामा पनि जोड दिने भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्