Thursday, May 23Nepal News Portal
Shadow

एचआईडिसीएलको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौं । एचआईडिसीएलको शतप्रतिशत हकप्रद सुरक्षित गर्ने बिहीवार (आज)अन्तिम दिन रहेको छ । कम्पनीले उक्त हकप्रद शेयर प्रयोजनका लागि जेठ २८ गते एक दिन बुक क्लोज गर्ने भएकाले जेठ २७ गतेसम्म शेयर सुरक्षित गर्नुपर्ने भएको हो । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । निष्कासन मिति भने कम्पनीले हालसम्म तय गरेको छैन् ।

गत चैत १२ गते हकप्रद निकाष्सनका लागि बोर्डमा निवेदन दिएको कम्पनीले दुई महिनाभित्र स्वीकृति पाएको हो । यस अघि पनि बोर्डमा निवेदन दिएको कम्पनीले लामो समयसम्म आवश्यक कागजात नबुझाएको भन्दै बोर्डले कम्पनीको निवेदन पाइपलाइनबाट हटाएको थियो । कम्पनीले पुनः आवश्यक प्रकृया सहित निवेदन दर्ता गराएको थियो ।

Total Page Visits: 1399 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्