Tuesday, July 8Nepal News Portal
Shadow

नेकपा एमालेका नेता बादल पत्नी नैनकला सञ्चारमन्त्री


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता रामबहादुर थापा (बादल) की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बन्ने भएकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे मन्त्रीहरुको सपथ तय भएको छ ।

एमाले स्रोतका अनुसार पूर्व माओवादी खोमाबाट दुईमन्त्री भएका छन् । वादलपत्नी नैनकला थापालाई सञ्चार र ज्वालाकुमारी साहलाई कृषिमन्त्री बनाउन लागिएको एक नेताले बताएका हुन् ।

स्रोतका अनुसार सर्वोच्च अदालतको आदेशले ६ जेठमा पदमुक्त भएका पूर्व माओवादी खेमाका ७ मन्त्रीले पुनःनियुक्ति होस् भन्ने चाहेका थिए ।
कृषिमन्त्री नियुक्त भएकी साह भने माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका कारण प्रदेश २ को प्रदेशसभा सदस्यबाट पदमुक्त भएकी थिइन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्