Saturday, September 7Nepal News Portal
Shadow

असार १ गतेदेखि निषेधाज्ञा खुकुलो पार्न व्यवसायीको माग


काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यका भित्रका ३ तीन ओटै जिल्लामा निषेधाज्ञा लागु भएको ४३ दिन पुगेको छ।
पछिल्लो समय कोरोना संक्रमणको दरमा कमि आएको छ। स्वास्थ्य सावधानीका साथ सेवा, व्यापार , जनजीवनलाई नियमित गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ। विभिन्न क्षेत्रको पेशा, व्यवसाय गर्नेले असार १ गतेदेखि अहिले लागुभएको निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने बताएका छन्।

उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने नाकाहरुमा थप कडाइ गरेर उपत्यका भित्रको जनजीवन सुचारु गर्नुपर्ने बताएका छन्।

यस्तै उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सवारी साधन सञ्चालनमा रोक लगाउँदै र नाकाहरु बन्द गर्दै, स्वास्थ्य मापदण्ड पालना गराउँदै उपभोग्य वस्तुको पसल खोल्नुपर्ने बताए। निषेधाज्ञा मात्रै विकल्प नभएकाले विस्तारै खुकुलो बनाउनुपर्ने उनले बताए। स्वास्थ्य मापदण्ड अपनाउँदै फ्रन्टलाइनरहरुलाई काममा खटाउनुपर्ने पनि उनको भनाइ रहेको छ।

खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्रमान बज्राचार्यले असार १ गतेदेखि निषेधाज्ञा बिस्तारै खुला गर्नुपर्ने बताए। व्यापार व्यवसायमा गाह्रो परेको तथा निम्न आय भएका मानिसहरुलाई जीवन निर्वाहमा नै कठिन भएकाले सरकारले सोच विचार गरी निषेधाज्ञालाई खुकुलो पार्नुपर्नेमा उनले जोड दिए।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्