Saturday, September 7Nepal News Portal
Shadow

निषेधाज्ञा एक साता थपिने


काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा थप एक सातासम्म निषेधाज्ञा थप गर्ने तयारी भएकोे छ ।

निषेधाज्ञा थप गर्ने विषयमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको जनाईएको छ ।

एक साता निषेधाज्ञामा कडाई गरेर पुनः विस्तारै खुला गर्ने तयारी भएपनि पुनः एक साता थप गर्ने तयारी भएको हो । एक साता निषेधाज्ञा थप गर्ने विषयमा छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारले जानकारी दिए ।

उनका अनुसार निषेधाज्ञा गर्दापनि कोरोना संक्रमितको संख्यामा कमी नआएपनि पुनः एक साता थप गर्ने विषयमा छलफल भएको हो ।
उनले निषेधाज्ञा एक साता थप गरेतापनि केही खुकुलो भने हुनसक्ने जानकारी दिए ।

काठमाडौं भित्रने तथा बाहिरिने नाकामा कडाई गर्ने तयारी भएको छ । निषेधाज्ञाको समयमा उपत्यकामा संक्रमतिको संख्यामा कमी नआएपछि नाकामा कडाई गरी तीन जिलामा खुकुलो बनाइन लागिएको हो ।

यसअघि बिहान ९ बजेसम्म मात्र किराना, खाद्यान्न तथा डिपार्टमेण्टल स्टोरहरु खुला भएकोमा एक घण्टा थप गरेर १० बजेसम्म खुल्न दिईनेछ भने विकास निर्माणका कामहरु सुचारु हुनेछन ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्