Wednesday, September 18Nepal News Portal
Shadow

सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त


काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल कुमार पोखरेल नियुक्त भएका छन् ।
हालसम्म उनी बैंकको निमित्त सीईओका रुपमा काम गर्दै आएका थिए । बैंक संचालक समितिको बिहीबार (हिजो) बसेको बैठकले पोखरेललाई चार वर्षको लागि सीईओ नियुक्त बताइएको छ ।

असार १८ गतेदेखि लागू हुने गरी उनलाई बैंक सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी नियुक्त गरेको हो । सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका पोखरेल अनुभवी बैंकरका रूपमा परिचित छन् ।

उनी २०७६ जेठ २ मा सिभिल बैंकको डेपुटी सीइओमा नियुक्त भएका थिए । यी विभिन्न बैंकमा काम गर्दा उनले हालसम्म तीन दशक बढी समय बैंकिङ क्षेत्रमै बिताइसकेका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्