काठमाडौं । भारत सरकारले कोइला निकासी खुला गरेको छ । भारतले कोइला निकासी गत बुधबारदेखि खुला गरेको हो ।
भारतले कोइला निकासी खुला गरेसँगै नेपाली उद्योगीरव्यवसायीले अब तेस्रो मुलुकबाट कोइला ल्याउनुपर्ने बाध्यता भने टरेको छ । उद्योगी व्यवसायीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भारतले लगाएको कोइला निकासीको प्रतिबन्धलाई खुलाउन पहलका लागि आग्रह गर्दै आएका थिए ।
व्यवसायीका अनुसार अहिलेसम्म नेपाली व्यवसायीले तेस्रो मुलुकबाट कोइला ल्याइरहेका छन् । अब व्यवसायीका लागि कोइला किन्न दुईवटा ‘अप्सन’ भएको छ । तेस्रो मुलुकसँगै भारतबाट ल्याउने सुविधा भएको छ । यद्यपि, तेस्रो मुलुकबाट आउने कोइलाको तुलनामा भारतीय कोइला कम गुणस्तरको रहेको उद्योगीहरु बताउँछन् ।
कोइलाकै कारण नेपालको सिमेन्ट उत्पादन महँगो हुने गरेको उद्योगीहरुले बताउँदै आएका थिए । कोइलाका लागि ६ महिना पैसा फसाउनुपर्छ यसको ब्याज लगायत जोड्दा उत्पादन महँगो भएको सम्बद्ध उद्योगीहरुको भनाइ छ ।