काठमाडौं । डिशहोमले नेपाली भाषामा युरो कपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट युरो कपको प्रत्यक्ष प्रसारण नेपाली भाषामा हेर्न सकिने भएको हो । डिशहोमले प्रत्यक्ष प्रसारणका लागि सोनीसँग सम्झौता गरेको छ।
‘डिशहोमबाट हुने युरो कपको प्रत्यक्ष प्रसारण नेपाली र अंग्रजी दुबै भाषामा कमेन्ट्री सुन्न सकिनेछ । ग्राहकले रिमोटबाट अंग्रेजी भाषामा समेत कमेन्ट्री हेर्न सक्नेछन् ।
डिशहोमका ग्राहकले रिमोटमा रहेको पहेलो रंगको अडियो बटनमा थिचेर नेपाली भाषामा कमेन्ट्री हेर्न सक्ने छन् । त्यहाँ अंग्रजीमा आइरहेको छ भने अडियो बटन थिचेपछि नेपाली आउँछ र नेपालीमा आइरहेको छ भने अंग्रेजीमा आउनेछ ।
डिशहोमको एक्सन इस्पोर्ट्स एचडी च्यानल क्लियर टिभी, सीम टिभी, मेरो टिभी, नेट टिभी , डिओइएन टिभी र प्रभु टिभी बाट पनि हेर्न सकिने छ ।