Friday, January 24Nepal News Portal
Shadow

महुली लघुवित्तद्धारा वृद्ध-वृद्धालाई स्वास्थ्य सामाग्री सहयोग


काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय वालांखाले शुक्रबारका भोजपुर जिल्लामा रहेको आमचोक गाउँपालिकामा संचालनमा आएको कोरोना बिरुद्धको भेरोसेल खोप अभियानलाई लक्षित गरि शनिबार (आज) एक कार्यक्रमका बिच वृद्ध -वृद्धालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।

यता उक्त खोप अभियानलाई लक्षित गरि महुली लघुवित्तद्वारा इप्रका आमचोक इन्चार्ज मन बहादुर शुवेडि, प्रहरी चौकि दुम्मानाका प्रहरी प्रमुख तथा चुमुलुङ्मा एफ एम का स्टेसन मेनेजर राजिन कुमार राईलाई समेत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

राष्ट्रव्यापि खोप अभियानलाई सहयोग पुर्याउन तथा वृद्धहरुको स्वास्थ्यलाई ख्याल गरि स्वास्थ्य सामाग्री उपलब्ध गराएको वित्तीय संस्थाले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्