प्रहरीले सार्वजनिक बस चढेर बुटवलबाट काठमाडौं आएका एक व्यक्तिको साथमा४० लाख रुपैयाँ नगद बरामद गरेको छ।
चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गामा गरिएको जाँचमा नवलपरासी पाल्हीनन्दन गाउँपालिका(२ बस्ने ४० वर्षीय व्यास गुप्ताको साथबाट उक्त रकम बरामद भएको र पैसाको स्रोत नखुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गुप्ताले झोला र कम्मरपेटीमा लुकाएर उक्त रकम काठमाडौँ भित्र्याउँदै थिए।