काठमाडौं । नेपाललाई विश्व बैंकले ७ अर्ब रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । बैंकको बोर्ड अफ डाइरेक्टरको शुक्रबार (हिजो) बसेको बैठकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारको लागि सहयोग गर्ने निर्णय पारित गरेको हो ।
विश्व बैंकको उक्त सहयोग पिछडिएको क्षेत्रमा रहेका विद्यार्थीको उच्च शिक्षा र व्यावहारिक शिक्षामा खर्च गरिने छ । यस्तै प्राविधिक शिक्षा, अनुसन्धान र उद्यमशीलतालाई पनि जोड दिइने विश्व बैंकले निकालेको विज्ञप्तिमा उल्लेख रहेको छ ।
उक्त सहयोग रकम उच्च शिक्षा लिन नसक्ने र विपत्तिका कारण पढाइ प्रभावित भएका विद्यार्थीमा पनि रकम लगानी गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।