काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले स्वास्थ्य र शिक्षालाई राष्ट्रियकरण गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत स्वास्थ्य र शिक्षालाई पुरै राष्ट्रियकरण गर्न कुनै किन्तुपरन्तु गर्न नहुनले बताएका छन् ।
स्वास्थ्य र शिक्षा प्रत्येक मान्छेको जीवन, चेतनाको रक्षा र विकासको क्षेत्र भएकाले त्यसको जिम्मेवारी लिने अनिवार्य दायित्व राज्यको भएको डा. भट्टराईले उल्लेख गरेका छन् । स्वास्थ्य र शिक्षा क्षेत्रमा मुनाफा खोज्नु मानवता विरोधी दण्डनीय अपराध भएको भट्टराईको भनाइ छ ।
‘स्वास्थ्य र शिक्षा प्रत्येक मान्छेको जीवनरचेतनाको रक्षारविकासको क्षेत्र भएकाले त्यो समाजरराज्यको अनिवार्य दायित्व हो। त्यसमा मुनाफा गर्नु मानवता विरोधी दण्डनीय अपराध हो। यसमा अब कुनै किन्तुपरन्तु नगरौं। निजी क्षेत्रलाई अन्त चाहे जति कमाउन दिऊँ, स्वास्थ्यरशिक्षा पुरै राष्ट्रियकरण गरौं,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्।