Wednesday, January 15Nepal News Portal
Shadow

सुवास नेम्वाङ र पुष्पकमल दाहालबीच भेट


काठमाडौं,२१ कार्तिक (ससं) । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङले खुमलटार पुगेर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेटवार्ता गरेका छन् ।

खुमलटारपछि बालुवाटार पुगेका नेम्वाङले दुई अध्यक्षबीच कुराकानी भएरै प्रचण्डले सचिवालय सदस्यहरुको अनौपचारिक बैठक बोलाएको बताएका छन् । उनले भने, ‘प्रचण्ड कमरेडले आज सचिवालय सदस्यहरुको छलफल राख्नेबारे हिजै प्रधानमन्त्रीलाई जानकारी दिनुभएको थियो ।’

उनकाअनुसार, प्रचण्डले धुम्बाराही बैठक सकेर अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँग सम्वाद गर्ने तयारी छ । ‘साथीहरुको कुरा सुनेर म तपाइसँग छलफलमा बस्छु भनेर प्रधानमन्त्रीलाई भन्नुभएको रहेछ’, नेम्वाङले भने ।

प्रचण्डले शुक्रबार दिउँसो तीन बजे धुम्बाराहीमा सचिवालय सदस्यहरुको अनौपचारिक बैठक बोलाएका थिए।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्