काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वी सुुब्बा गुुरुङले बधाई दिएका छन् । सुुब्बाले नेपाली शनिबार मुुख्यमन्त्री भएपछि फोन गरेर बधाई दिएका हुन् । सुुब्बाले फोनमा आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्ने भनेका छन् । उनको यस्तो कार्यले राजनीतिमा सकारात्मक संस्कार बसेको चर्चा चलिरहेको छ ।
नयाँ मुख्यमन्त्री पोखरेल नेपाली कांग्रेसको गण्डकी संसदीय दलका नवलपरासी पूर्व (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । ७१ वर्षीय पोखरेल पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् ।