काठमाडौं । साविकको स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुलाई ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेको नामबाट हितग्राही खातामा शेयर पठाइएको छ । यी दुई कम्पनी मर्ज भएपछि गत वैशाख ८ गतेदेखि कम्पनीले एकिकृत रुपमा कारोबार सुरु भएको थियो । मर्जरपछि ग्लोबल आइएमईको नामबाट कम्पनी सञ्चालित छ ।
मर्जर सम्झौताअनुसार शेयर स्वाप रेसियो १००ः९० कायम गरिएको थियो । जसमा स्पर्सको १०० कित्ता बराबर ग्लोबल आइएमईको ९० कित्ता शेयर कायम गर्ने निर्णय गरिएको थियो । सोही निर्णय अनुसार स्पर्सको सम्पूर्ण शेयर रद्ध गरी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नामबाट जेठ २८ गते शुक्रबार शेयरधनीको खातामा शेयर जम्मा गरिएको बताइएको छ ।
यदी स्पर्स लघुवित्तका शेयरधनीको शेयर कुनै कारणवश हितग्राही खातामा नगएको भए सम्पूर्ण विवरण ग्लोबल आइएमई लघुवित्तको वेवसाइटमा राखिएको जनाइएको छ । उक्त विवरण www.gilb.com.np मा हेर्न सकिने छ ।