Sunday, April 13Nepal News Portal
Shadow

नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आइतबार (आज) अन्तिम दिन रहेको छ । शेयर खरिदका लागि बैकिङ समयभित्र आवेदन दिनुपर्ने संस्थाले जनकारी दिएको छ ।

कम्पनीले ८० हजार कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि लिलामी मार्फत विक्रीमा ल्याएको थियो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनुपर्नेछ ।

शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने अधिकतमको लागि हुने हद नलाग्ने संस्थाले बताएको छ ।

बोलपत्र जेठ ३१ गते अपरान्ह ३ बजे एनआइविएल एस क्यापिटल लाजिम्पाटमा खोलिने संस्थाले जनाएको छ । विक्री प्रबन्धकमा एनआइविएल एस क्यापिटल लिमिटेड रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्