Saturday, April 13Nepal News Portal
Shadow

१६ वटा कम्पनीको आईपीओ पाइपलाइनमा


काठमाडौं । निषेधाज्ञापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा रहेका कम्पनीहरुले आवश्यक कागजपत्र बुझाउन नसक्दा आईपीओ निष्कासनमा ढिलाई भएको छ । सेबोनमा हाल १६ वटा कम्पनीको ४ करोड ४६ लाख ७७ हजार ६३४ कित्ता आईपीओ पाइपलाइनमा रहेको छ ।

सेबोनबाट स्वीकृति पाएको मध्यभोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ अहिले निषेधाज्ञाकै कारण स्थगित भएको छ । उक्त कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि निष्कासन गरेको आईपीओ लकडाउनका कारण स्थगित भएको हो ।

सोही कारण उक्त कम्पनीले वैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा लागि निष्कासन गरेको ६० लाख कित्ता आईपीओ स्थगित अवस्थामा रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बाँडफाँटपछि सर्वसाधारणको लागि ९० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।

आईपीओ निष्कासन गर्नका लागि सेबोनको पाइपलाइनमा रहेका १६ ओटा कम्पनीमध्ये ११ ओटा मात्रै जलविद्युत् कम्पनी रहेका छन् । त्यसैगरी तीन ओटा लघुवित्त कम्पनी र एउटा डिस मिडिया लिमिटेड (डिसहोम) को रहेको छ ।

डिसहोमले आईपीओका लागि थप कागजपत्र जुटाउन नसक्दा लामो समयदेखि स्वीकृती पाउन सकेको छैन । त्यसोत नेपाल धितोपत्र बोर्डले निषेधाज्ञा लागू भएपछि मर्चेण्ट बैंकलाई तीन जना कर्मचारी राखी अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो । त्यसले पनि आईपीओ निष्कासनमा ढिलाई भएको हो ।

आईपीओ निष्कासन गर्नका लागि पाइपलाइनमा भएका कम्पनीहरुमध्ये साहस उर्जाले सबैभन्दा बढी अर्थात् १ करोड ५ लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ ।

अभियान डेल्लिबाट

Total Page Visits: 538 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्