Saturday, November 9Nepal News Portal
Shadow

बैंकको व्यवसाय २५ प्रतिशतले वृद्धि


काठमाडौं । सबै आर्थिक गतिविधि ठप्प हुँदा पनि बैंकको व्यवसाय २५ प्रतिशतले बढेको छ । सरकारले निषेधाज्ञा गरे पनि केही क्षेत्रबाट कर्जाको माग बढेपछि लगानी व्यवसाय २५ प्रतिशतले बढेको हो ।

खासगरी, नयाँ क्षेत्रमा गरिएको लगानीबाट उठ्नुपर्ने ब्याज तथा साँवासमेत समयमै भुक्तानी भएकाले आम्दानी पनि बढेको बैंकर संघका अध्यक्ष स्रोतको भनाई छ ।
अहिले एलसीको काम भइरहेको छ । त्यहाँबाट बैंकले आम्दानीसँगै व्यापार पनि बढाएका छन् । त्यसैगरी, सेयर कर्जामा पनि लगानी गरेका छन् । सेयर कर्जामा गरिएको लगानीबाट बैंकले राम्रो रिर्टन पाइरहेका छन् ।

अन्य सबै क्षेत्र ठप्प हुँदा पनि सेयर बजार चम्किरहेको छ । सेयर कर्जा लिनेहरूले समयमै साँवा ब्याज भुक्तानी गरिरहेका छन् । त्यही भएर बैंकहरूले पनि अन्य क्षेत्रभन्दा सेयर बजारमै लगानी बढाइरहेको पनि देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले ४१ अर्ब ४८ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । जबकि गत वर्षको सोही अवधिमा २ अर्ब रुपैयाँ मात्रै सेयर कर्जा प्रवाह भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म सेयर कर्जामा प्रवाह भएको रकम ९१ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा यो रकम ५० अर्ब ४० करोड रुपैयाँ मात्रै थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्