काठमाडौं । स्थानीय बजारमा आइतबार (आज) सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ९४ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा ६ सयले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार एक ९ रहेको छ भने तेजावी सुनको मूल्य ९३ हजार चार सय रहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य तोलामा १३७० रहेको महासंघले जनाएको छ ।
Total Page Visits: 490 - Today Page Visits: 1