काठमाडौं । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले राजीनामा दिएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार शनिबार ढलेसँगै घिमिरेले राजीनामा दिएका हुन् ।
शनिबार (हिजो) प्रदेश प्रमुख पौडेलले बहुमत दाबीअनुसार विपक्षी गठबन्धनबाट कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । प्रदेश प्रमुख सीतादेवी पौडेललाई मुख्य न्यायाधिवक्ता घिमिरेले राजीनामा पत्र बुझाएका छन् ।
सरकार परिवर्तन भएसँगै मुख्यमन्त्रीको कानुनी पाटो हेर्ने मुख्य न्यायाधिवक्ताले राजीनामा दिएर बाहिरिने प्रचलन रहेको छ ।