Tuesday, December 3Nepal News Portal
Shadow

खोपको व्यवस्था नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी बन्द


काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले खोपको व्यवस्था नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने बताएको छ ।
संघले आईतबार (आज) नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोकिएको जनाएको हो ।

संघले दोस्रो लहरको कोरोनाभाइरस संक्रमितको संख्यामा वृद्धि भएको भन्दै संघले नेपाल आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा खोपको माग गरेको थियो ।

तीन पटकसम्म खोपको माग गर्दै पत्र पठाउँदा समेत वेवास्ता भएको भन्दै संघले खोपको व्यवस्था नभएसम्म ढुवानी नगर्ने जनाएको हो ।

‘अत्यावश्यक सामग्री ढुवानी गर्ने चालक तथा सहचालकलाई सुरक्षित स्वास्थ्य सामग्री र पहिलो प्राथमिकतामा संक्रमण विरुद्धको खोप अति आवश्यक छ । खोपको विषयमा संघले बारम्बार सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आएको भएतापनि कुनै पनि कदम चालेको नदेखिएकाले स्वास्थ्य सुरक्षा र खोपको विशेष व्यवस्थाको पहल नगरेसम्म अति आवश्यक जोखिममा चालक, सहचालकहरु सेवा उपलब्ध गराउन असमर्थ भएका छौँ’, संघले जारी गरेको विज्ञप्तीमा उललेख छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्