Tuesday, December 3Nepal News Portal
Shadow

द्वन्द्व व्यवस्थापनका लागि संघीयतालाई मानिदिएको हो : पूर्वमन्त्री गोकुल बाँस्कोटा


काठमाडौं, २२ कार्तिक (ससं) । पूर्वमन्त्री गोकुल बाँस्कोटाले संघीयता देशलाई खाँचो नभएको बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा उनले द्वन्द्व व्यवस्थापनका लागि संघीयता मानिदिएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संघीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम । यसमा चाहिँ के प्रतिगमन भएछ हँ ? प्रदेशहरू खारेज भएको त छैन । द्वन्द्व व्यवस्थापनका लागि मान्दिनुपरेको न हो, देशलाई खाँचो त थिएन संघीयता । लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलबार घुमाउने भएछन् । कमरेडका दुःख पनि कहिल्यै नसकिने के !’

उनी प्रधानमन्त्रीनिकट मानिने नेता हुन् । सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्न परिपत्र जारी गरेपछि यसमाथि बहस गर्ने र प्रश्न उठाउनेलाई उनले जवाफ दिएका हुन् ।

गत ११ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत निकायमा २८ असोजमा जारी जारी परिपत्रमा उल्लेख छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्