Thursday, May 16Nepal News Portal
Shadow

यो विकासको अभियान हो, पार्टीको भ्रातृ, सुभेच्छुक संस्था र समानान्तर कमिटी होइन नअतालिनुस् : शिव अधिकारी


काठमाडौं । नेपाली कांग्रेस नुवाकोटका नेता शिव अधिकारी ‘अविरल’ले तारकेश्वर गाउँपालिकाको विकासका लागि सामाजिक अभियान चलाउन ‘तारकेश्वर डेभलपमेन्ट फोर्स’ गठन गरेको भन्दै त्यसलाई अतिरञ्जित नगर्न कांग्रेसका नेता एवम् स्थानीयहरुलाई आग्रह गरेका छन् । उनले सामाजिक संजाल फेसबुक मार्फत तारकेश्वरको विकासको लागि स्थानीय युवाहरुलाई परिचालन गर्दा कांग्रेस पार्टीलाई अझ बढी फाइदा पुग्ने भन्दै फोर्स गठनबारे अतिरञ्जित नगर्न आग्रह गरेका छन् ।

आफूहरु कांग्रेसको सिपाही भएको भन्दै अधिकारीले फोर्स पार्टीको भ्रातृ, सुभेच्छुक संस्था र समानान्तर कमिटी नभएको स्पष्ट पार्दै फोर्स गठनमा भाजो हाल्ने, भड्काउने र अनावश्यक अफवाह फैलाउने भन्दा पनि सक्दो सहयोग गरि युवा परिचालनमा जोड दिन भनेका छन् । ‘एकतामै बल छ भन्ने भावनाबाट प्रेरित भएर फोर्स गठन गरेको र यसबाट राजनीतिक वा गैरराजनीतिक रुपमै पनि केही राम्रो गर्न सक्यौँ भने त्यसले सिंगो कांग्रेस पार्टीलाई प्रत्यक्ष वा परोक्ष रुपमा फाइदा पुग्ने छ ।’ उनले बताए ।

नेता अधिकारीले आफ्नो यो अभियानले पार्टीलाई कुनै नोक्सानी पुर्याउँछ भने प्रमाणित हुन्छ भने अभियान बन्द गर्न तयार रहेको भन्दै कांग्रेसका नेता एवम् स्थानीयहरुबाट विरोध भन्दा पनि सकारात्मक सल्लाह र सुझवको अपेक्षामा गरेको पनि बताए । अन्यथा कसैको कुत्सित मनसायमा ठेस लाग्ला भन्ने हीन मनोभावले ग्रसित भएर पार्टीका जिम्मेवार साथीहरुलाई वक्तव्यबाजी गर्न दबाब दिने र साथीहरुलाई अनाहकमा धम्क्याउने कार्य कदापि सह्य नहुने उनको भनाई छ ।

फोर्समा १ सय ५० भन्दा बढी कांग्रेसी युवाहरु सहभागि भइसकेका छन् । आगामी दिनमा यो संख्या अझ बढ्ने अपेक्ष गरिएको छ । यो अभियानलाई लिएर तारकेश्वरका केही कांग्रेसी नेताहरुबाटै विरोध हुनु दुखद् विषय भएको नेता अधिकारीको ठहर छ ।

Total Page Visits: 1330 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्