Tuesday, December 3Nepal News Portal
Shadow

शेयर बजारमा हटाइएको एओएन के हो ? जान्नुहोस्


 

काठमाडौं । शेयर बजारमा लागु हुँदै आएको एओएन प्रणाली नेपाल धितोपत्र बोर्डले नेप्सेलाई हटाउँन निर्देशन दिएको छ । बजार चलखेल भएको लगानीकर्ताको गुनासोपछि नेपाल धितोपत्र बोर्डले यो व्यवस्थालाई हटाउन नेपाल स्टक एक्स्चेञ्जलाई निर्देशन दिएको हो । योसँगै आजदेखि यो प्रणाली हटेको हो ।

के हो त एओएन भनेको ?
कुनै व्यक्तिले बजारमा बिक्रीका लागि राखेको शेयर खरिदकर्ताले सबै किन्ने ग्यारेन्टी नगरेसम्म बिक्री नहुने प्रणाली एओएन हो । एओएन को अँग्रेजी पूरा रुप ‘अल अर नन’ हो । यसलाई उदाहरणबाट बुझाउँदा कुनै व्यक्तिले १० हजार कित्ता शेयर एकैपटक बिक्रीमा राख्छ र उसले एलओएन रोजेको छ भने अर्को १० हजार कित्ता शेयर किन्ने व्यक्तिले मात्रै त्यो शेयर किन्न सक्छ । सो बिक्रेताले राखेकै मूल्यमा ५ हजार कित्ता मात्रै शेयर किन्छु भन्न पाउँदैछ ।

यस्तो प्रणाली कायमै रहँदा निकै सस्तो र निकै महँगो मूल्यमा ठूलो शेयर बिक्रीमा राखेर चलखेल गर्ने गरेको लगानीकर्ताको गुनासो छ । कसैलाई मूल्य घटाउनु छ तर शेयर बेच्नु छैन भने एकैपटक दशौं हजार कित्ता शेयर सस्तो मूल्यमा बिक्रीमा राखिदिन सक्छ, जबकी त्यति ठूलो परिमाणको शेयर किन्ने क्षमता जो कोहीसँग हुँदैन । यस्तो अवस्थामा मार्केटडेफ्थमा बिक्री चाप देखिन्छ यसले बजार घट्छ ।

त्यस्तै, कसैलाई शेयर बढाउनु छ भने उच्च मूल्यमा ठूलो परिमाणको शेयर खरिदमा राख्न सक्छ । यस्तो अवस्थामा सबै शेयर आपूर्ति गर्ने क्षमता जोकोहीसँग नहुन सक्छ । यही चलखेललाई अन्त्य गर्न यो प्रणाली हटाइएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्