काठमाडौं । नेप्से साताको पहिको कारोबार दिन आइतबार (आज) सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड बनाएको छ । २२० कम्पनीको ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयरको खरिदविक्री हुँदा १९ अर्ब ५५ करोड एक लाख ६६ हजार ६३६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज नेप्सेमा १९ अर्ब ५५ करोड १ लाख बराबरको कारोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च कारोबार हो । यस अघि २०७८ जेठ २३ गते आइतबार नेप्सेमा १७ अर्ब २७ करोड १७ लाख बराबरको कमरोबार भएको थियो ।
शेयर संख्या र कारोबार संख्याका आधारमा नेश्नल हाइड्रो पावरको सर्वाधिक पाँच हजार ८ पटकको व्यापारमा १८ लाख ५ हजार ७३८ कित्ता शेयरको खरिदविक्री भएको छ । कारोबार रकमका आधारमा भने अरुण भ्याली हाइड्रोपावरको ७२ करोड २९ लाख ७६ हजार २६७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार ४४ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । आज नेपाल इन्स्योरेन्सका लगानीकर्ताहरुले सर्वाधिक ४.१५ प्रतिशतले गुमाएका छन् । दोस्रोमा यूनाइटेड इदिमर्दीको २.८३ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आइतबारको समूहगत परिसूचकमध्य वित्त, विकाश बैंक र जलविद्युत समूहको परिसूचकमा उछाल देखिएको छ ।
१३ समूहको कारोबार भएकोमा ६ समूहको परिसूचक घट्दा बाँकी ७ समूहको परिसूचक बढेको छ । विकाश बैंक ८.२४ प्रतिशत, वित्त ७.१४ प्रतिशत जलविद्युत ६.१० प्रतिशत, होटल्स् तथा पर्यटन ४.७३ प्रतिशत र लगानी समूह २.३८ प्रतिशतले बढेको हो । बाँकि समूहको परिसूचक भने एक प्रतिशत भन्दा थोरैले घटबढ भएका छन् ।