Tuesday, April 23Nepal News Portal
Shadow

युनियन हाइड्रोपावरद्वारा १३औं र १४औं साधारण सभा डाक्यो


काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले १३औं र १४ औं वार्षिक साधारण सभा असार २५ गते डाकेको छ । कम्पनीको जेठ २३ गते बसेको सञ्चालक समितिको बैठकले सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय, धोबिघाटमा बिहान ११ बजे डाकेको हो ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।

सभाको प्रस्तावमा आव २०७५/७६ र आव २०७६र७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि रहेको छ ।

सभाको अन्य प्रस्तावमा कम्पनीको नियमावली संशोधन गर्ने, कम्पनीद्वारा प्रवर्द्धित मिदिम खोला करापु जलविद्युत् आयोजनाको लागि लिएको ऋण व्यवस्थापन र अन्य आयोजनाको अध्ययन र विकासको लागि आवश्यक रकमका लागि हकप्रद जारी गरी पूँजी उठाउने, कम्पनीको संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी ६ जना शेयरधनीको निर्वाचन गर्ने रहेको छ ।

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असार १५ गतेदेखि २५ गतेसम्म बन्द रहनेछ । असार १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

Total Page Visits: 508 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्