Saturday, April 13Nepal News Portal
Shadow

उपत्यकाका तीन जिल्लामा खानेपानीको समय तालिका परिवर्तन, कस्तो छ त ?


काठमाडौं । काठमाडौं उपत्यकामा असार १ गते (भोलि) देखि धारामा पानी आउने समय तालिका परिवर्तन हुने भएको छ । उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले खानेपानी वितरणको तालिका सार्वजनिक गरेको हो । मेलम्ची खानेपानी आयोजनाको मर्मत गर्न परेका कारण असार १ गते देखि दुई महिना बन्द हुने भएकाले केयुकेएलले पानी वितरणमा नयाँ तालिका बनाएको छ ।

बदलिएको खानेपानीको तालिका मेलम्चीको मर्मत नसकिएसम्मको लागि लागू हुने लिमिटेडले जनाएको छ । नयाँ तालिकामा हरेक पानी वितरण केन्द्र अन्तरगत पर्ने क्षेत्रमा हप्तामा एक पटक पानी आउने गरि तालिका बनाएको छ ।

Total Page Visits: 1180 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्