काठमाडौं । के एक जना मानिसले हेलिकप्टर उचाल्न सक्ला ? पक्कै पनि हामी सबैलाई लाग्छ यो असम्भव छ । तर एक जना बलवानले भने हेलिकोप्टर बोकेर काँधमा राखेका छन् ।
यसरी हेलिकोप्टर काँधमा बोक्ने मान्छे हुन, फ्रान्ज मुलेनर । उनी विश्वका सबैभन्दा बलवान मानिस हुन् ।
काँधले हेलिकप्टर बोकेका अष्ट्रियाका नागरिक फ्रान्जले गिनिज बुकमा नाम लेखाइसकेका छन् । उनको यो र्कीर्तिमान तोड्ने हिम्मत अहिले सम्म कसैले गरेका छैनन् ।
उनले आफ्नो तौल भन्दा डेढ गुणा धेरै भार काँधले उठाउन सक्छन् । उनले ६ सय ५० किलो तौल काँधले उठाएर विश्व कीर्तिमान कायम गरेका थिए ।
भिडियो