काठमाडौं । सोमबार (आज) नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएको छ । नेप्से परिसूचक ४२.७२ अंकले वृद्धि भएर ३०२५.८३ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । आज नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएको भएपनि कारोबार रकम भने घटेको छ । हिजो (आइतबार) कारोबार रकम र नेप्से परिसूूचकले नयाँ रेकर्ड बनाएका थिए ।
आज १८ अर्ब ८८ करोड ४० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । हिजो १९ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो ।
२२१ कम्पनीको ३ करोड ५० लाख २७ हजारभन्दा बढी कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र घलेम्दी हाइड्रो लिमिटेडको भएको छ । यी कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।
सर्वाधिक मूल्यको शेयर खरिद विक्री अरुण भ्याल्ली हाड्रपावर डेभलपमेन्ट कम्पनी लिमिटेड कम्पनीको भएको छ । यो कम्पनीको ६२ करोड ५९ रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ ।