काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९३ हजार २ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्यका कारोबार भएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार ७ सय रहेको छ ।