Friday, December 6Nepal News Portal
Shadow

असार १० गतेदेखि एनआईसी एशिया सेलेक्ट–३० को इकाई विक्री खुल्ने, कहिलेसम्म दिने आवेदन


काठमाडौं । एनआईसी एशिया क्यापिटलले असार १० गतेदेखि एनआईसी एशिया सेलेक्स–३० को इकाई विक्री खुलाउने भएको छ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो ।
योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले प्रति इकाई मूल्य रू। १० को कुल १० करोड इकाई मध्य बीज पूँजी वापत १ करोड ५० लाख इकाई कोष प्रबन्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी इकाई सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो ।

आवेदन छिटोमा असार १४ र ढिलोमा असार २४ गतेसम्म विक्रीमा रहने यो इकाई खरिदका लागि न्युनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म दिन सकिनेछ । यो योजना सञ्चालनका लागि क्यापिटलले बैशाख ३१ गते स्वीकृति पाएको थियो ।

बन्दमुखी प्रकृतिको यस योजना ७ वर्षे अवधिको रहेको छ । यो इकाई खरिदका लागि विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल सँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्