Friday, January 24Nepal News Portal
Shadow

दुई लाईफ इन्स्योरेन्सद्वारा आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन


काठमाडौं, १ असार । दुई वटा लाईफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । युनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि जेठ ९ गते बोर्डमा निवेदन दिएका हुन् । युनियन लाइफ इन्स्योरेन्सले रू. ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता र सानिमा लाईफ इन्स्योरेन्सले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनका लागि निवेदन दिएका हुन् । दुवै कम्पनीको आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

युनियन लाईफ इन्स्योरेन्स कम्पनीको चुक्तापूँजी हाल रू. १ अर्ब ५० करोड ५० लाख रहेको छ । युनियन लाईफ इन्स्योरेन्सको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने संकेत गर्ने ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ प्रदान गरेको छ ।

त्यस्तै सानिमा लाईफ इन्स्योरेन्सको हाल चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । सानिमा लाईफले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको संकेत गर्ने त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्