Saturday, April 13Nepal News Portal
Shadow

जानकी सिलाई उद्योगमा आगलागी, कतिको भयो क्षती ?


काठमाडौं । काठमाडौं महानगरपालिका ३ बसुन्धारामा रहेको बुढानिलकण्ठ नगरपालिका १० बालुवाखानी घर भएका ४३ वर्षीय चन्द्र कटुवालको जानकी सिलाई उद्योगमा करेन्ट सर्ट भई सोमबार (हिजो) राति आगलागी हुँदा उद्योग रहेको टहरो, ३० थान कपडा सिलाउने मेशिन, १ थान जेनेरेटर, ३ थान ग्याँस सिलिन्डर र स्टक कपडा समेत जलेर करिब १ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

आगलागीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Total Page Visits: 1040 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्